नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

गज्जब नेपाल
२०७७ कार्तिक १४, शुक्रबार

कात्तिक १४, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ ।


कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआएपछि देवगणले आउँदो मङ्गलबार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को सङ्कलित रक्तिसेवन) विधि सकाएर शीतल निवासमा प्रसाद दिन जाने तयारी गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो ।

उहाँले राष्ट्रपतिलाई प्रसादका रुपमा बिमिरो, पञ्चरङ्गी धागो, फूलमालालगायत प्रसाद दिने तयारी भएको बताउनुभयो ।

विसं. २०४५ पछि पहिलो पटक कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआउनुभएको हो । यस दिन राष्ट्रप्रमुख भक्तपुर गँछेंमा रहेकाे नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन तत्कालीन राजा वीरेन्द्रले सुरु गर्नुभएको थियो ।

Next Post

जुम्लामा डिजिटल कर प्रणाली सुरु : वडाबाटै सुविधा

२०७७ कार्तिक १४, शुक्रबार
कात्तिक १५, २०७७ जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकीकृत सम्पत्ति कर प्रणाली सुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो प्रणाली लागू गरेको हो । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीका अनुसार कर चुहावट नहुने र आर्थिक पारदर्शी, मितव्ययिताका हिसाबले सहज होस् भनेर सम्पत्ति कर सङ्कलनमा डिजिटल प्रणाली लागू गरिएको […]