काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवा १६औं वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा प्रारम्भ गरेको ईसेवाले १५ वर्ष पार गरेको छ ।
इसेवाले वार्षिक उत्सवको अवसरमा ग्राहकका लागि क्याशब्याक देखि आईफोन १५ प्रो म्याक्स जित्ने अवसर ल्याएको छ । कम्पनीले १५ दिनसम्म विभिन्न १५ ओटा अफर ल्याएको छ । त्यहीमध्ये ईसेवाका एक ग्राहकले आईफोन १५ प्रो म्याक्स उपहार पाउनेछन् । त्यसका लागि ईसेवा ग्राहकले आज माघ ११ गते कुनै एक कारोबार गरे पुग्छ । कम्पनीले नेपालभर ८१ लाख बढी प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा तथा दुई लाख ३० हजार बढी ईसेवा एजेन्ट मार्फत थप लाखौँ बढीलाई अप्रत्यक्ष रूपमा डिजिटल सेवा प्रदान गर्दै आएको छ ।
साथै कम्पनीमा चार लाख बढी मर्चेन्ट आबद्ध छन् भने २५ सयभन्दा बढी सेवाहरू उपलब्ध रहेका छन ।
त्यस्तै कम्पनीले २६ डिसेम्बरमा ईसेवाका नयाँ १५०० ग्राहकलाई ईसेवामा टपअप गर्दा १५० रुपैयाँ क्याशब्याक दिनेछ । २८ डिसेम्बरमा कम्पनीले ई(स्पिकर अर्डर गर्नेमध्ये सुरुवाती १५० प्रयोगकर्तालाई १५०० रुपैयाँमानै उक्त डिभाइस उपलब्ध गराउने भएको छ ।
त्यस्तै प्लेन टिकेट खरिद, इन्टरनेट तथा विद्युत महसुल भुक्तानी, बैंक विथड्र गर्दा १५ हजार रुपैयाँसम्मको क्याशब्याक रहेको इसेवाले जनाएको छ ।