बरामद गरिएकाे सामान प्रहरीले नै गर्छ हिनामिना

गज्जब नेपाल
२०७८ श्रावण १३, बुधबार १९:२०

दैलेख

साउन १३, २०७८ दैलेख ।

जिल्ला प्रहरी कार्यालय दैलेखले बरामद  गरेका समाग्री हिनामिना गरेकाे  भेटिएकाे छ । प्रहरीले विभिन्न समयमा बरामद गरेका घरेलु मदिरा बनाउन प्रयोग भएका भाँडाकुडा कबाडीसंग मिलेमताे गरि खरिद बिक्रि भएको बुझिएकाे छ ।

बरामद गरिएकाे जिन्सी सामानहरू आम्दानी बाध्नु पर्ने कानुनी व्यवस्था छ । तर प्रहरी कार्यालयले सिधै कबाडीलाइ बेचेको स्थानीयले बताएका छन् । यस अघि डिभिजन वन कार्यालय दैलेखले नदिजन्य पदार्थ नियन्त्रणमा लिई प्रहरीमा घाटगद्दी गरेको थियाे । हाल उक्त माल बस्तु समेत हिना मिना भएको बुझिएकाे छ ।

बरामद गरिएकाे मालवस्तु लिलाम बिक्रिबिना कोही कसैले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था रहेको डिभिजन वन कार्यालय दैलेखका वन अधिकृत नवराज पौड्यलले  बताए। जिप्रका परिसरमा झारेर गएको उक्त सामान अहिले हराएकाे कार्वाहीमा परेका एक सवारी चालक बताए ।

यता जिल्ला प्रहरी कार्यालय दैलेखले भने बालुवा बगेर गएको र मदिरा बनाउन प्रयोग भएको भाँडाकुडाहरु जिन्सी आम्दानी रहेकोले भन्दै बचाउ गरेकाे छ ।

Next Post

कोभिडबाट प्रभावितलाइ उद्धार गर्न विशेष आर्थिक प्याकेज ल्याउने सरकारकाे घोषणा

२०७८ श्रावण १३, बुधबार १९:२०
२५ साउन २०७८ काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो । वर्तमान सरकारले आपूर्ति प्रणालीमा सुधार गर्दै महँगी नियन्त्रण गर्नुका साथै […]