गंगा चौधरीले गरिन स्वतन्त्र उम्मेदवारी घोषणा

गज्जब नेपाल
२०७९ आश्विन २१, शुक्रबार

काठमाडौं-

एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्।  दाङ-१ बाट प्रत्यक्षका लागि सिफारिसमध्य] एक उनले टिकट नपाउने संकेत बुझेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन्।

दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन्। शान्ताले टिकट पाउने लगभग तय भएपछि उनले बिद्रोह गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज मैले ठीक निणर्य गरे वा बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु। जनता भगवान हुन्, जनता नै सर्वपरी हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ।’

Next Post

एकीकृत समाजवादीले टुङ्गायो १९ उमेदवार, कहाँ को? (सूचीसहित)

२०७९ आश्विन २१, शुक्रबार
काठमाडौं । एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका १९ क्षेत्रमा उमेदवारको टुंगो लगाएको छ । शुक्रबार राति बैठक बसेर उमेदवार टुंगो लगाएको जनाइएको छ । यी हुन् समाजवादीले टुंगो लगाएका प्रतिनिधिसभाका उमेदवार १. इलाम क्षेत्र न. १ – झलनाथ खनाल २. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा ३. रौतहट […]