मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

गज्जब नेपाल
२०७८ आश्विन ३१, आईतवार १२:०१

३१ आश्विन २०७८, धनगढी ।

मोटरसाइकल दुर्घटना हुँदा कैलालीकाे टीकापुरमा २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका– २ स्थित विकास टोलमा से ६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकलका चालक १८ वर्षीय सुन्दर मगर र पछाडि सवार १८ वर्षीय केशव मगरको मृत्यु भएको हाे ।

उनीहरू दुवैजना टीकापुर नगरपालिका वडा नम्बर १ का बासिन्दा रहेकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ । उक्त माेटरसाइकलमा तीन जना सवार रहेकाे बताइएकाे छ । मोटरसाइकलमा सवार अर्का १९ वर्षीय आशीष मगर भने घाइते रहेका छन् ।

उनकाे हाल घाइते आशिषको अहिले काेहलपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीकाे भनाइ छ । दुर्घटनाका क्रममा तीनै जना घाइते भएकाेमा उनीहरूमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हाे ।

Next Post

चार्जमा राखेकाे मोबाइल चलाउँदा करेन्ट लागेर एक जनाकाे मृत्यू, दुइ घाइते

२०७८ आश्विन ३१, आईतवार १२:०१
कार्तिक २५, २०७८ तनहुँ — चार्जमा रहेको मोबाइल चलाउँदा करेन्ट लागेर शुक्लागण्डकी नगरपालिका–३ दुरुचुङमा एक युवकको मृत्यु भएको छ । बिहीबार बिहान चार्जमा राखेर मोबाइल चलाइरहेको बेला अचानक हाइभोल्टेज आउँदा करेन्ट लागेर २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो । घटना बिहान करिब ४ बजेतिर भएपनि ७ बजेतिर मात्र […]