जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा ट्रकचालकको मृत्यु ,सहचालक घाइते

केशबराज पाैडेल
२०७९ आश्विन १३, बिहीबार १९:४१

जुम्ला – जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटनाग्रस्त भएको छ। हिमा गाउँपालिका १ आचार्य लिहीमा उक्त ट्रक दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा चालकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताएका छन ।

उनका अनुसार बागमती प्रदेश ०३ ००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा मकवानपुर निवासी चालक अविनाश लामाको मृत्यु भएको हो। सो दुर्घटनामा सहचालक मकवानपुरकै हरि न्यौपाने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेको राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ। न्यौपानेको टाउकोमा चोट लागेको थियो।

हिमा गाउँपालिका १ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका १ को बझाङगे खोलामा भएको छ। दुर्घटनापछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ। चालक लामको शव पनि भ्यानको व्यवस्था गाउँपालिकाले नै गरेर सदरमुकाम ल्याइएको थियो।

Next Post

बाजुरामा मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट

२०७९ आश्विन १३, बिहीबार १९:४१
बाजुरा – बाजुरामा मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट भएको छ । कुटपिट गर्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीसहित तीन […]