२४ घण्टामा ९५ हजार ७३५ सङ्क्रमित थपिए

गज्जब नेपाल
२०७७ भाद्र २५, बिहीबार

भदौ २५, २०७७
काठमाण्डाै – भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।


भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ९५ हजार सात सय ३५ जनामा सङ्क्रमण देखिएको हो । भारतमा एकैदिन सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

कोभिड–१९ सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ७२ जनाको ज्यान गएको छ । अब भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४४ लाख ६५ हजार पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘भारतमा अहिले नौ लाख १९ हजार १८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ३४ लाख ७१ हजार सात सय ८४ जना सङ्क्रमित भएपछि पनि निको भइसकेका छन् ।’

बुधबार मात्रै भारतमा ११ लाख जनाको कोरोना परीक्षण भएको थियो । केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्न थालेपछि भारत सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हुने देशमा दोस्रो स्थानमा रहेको छ । यसअघि ब्राजिल दोस्रो स्थानमा रहेकोमा अहिले तेस्रो स्थानमा छ । पहिलो नम्बरमा भने अमेरिका यथावत् छ ।

Next Post

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविकाको सरकारले जिम्मा लिने

२०७७ भाद्र २५, बिहीबार
काठमाडौं, २५ भदौ प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नु भएको छ। एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको ब्यवस्थापनको निर्देशन समेत दिनुभएको हो । घटना घटेको […]