चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संरचना मार्फत सङ्कलन गरिने

केशबराज पाैडेल
२०७९ आश्विन २७, बिहीबार

काठमाण्डौ – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचना मार्फत सङ्कलन गर्ने भएको छ ।  आयोगले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरेरनगरेकोबारे सुरक्षा निकायबाट विवरण सङ्कलन गर्ने भएको हो ।

कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको जनाउँदै आयोगले निर्वाचन आचारसंहिता पालना भएको नभएको पनि नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय संरचनाबाट गर्ने भएको छ । आज बिहीवार बसेको आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले उम्मेदवार तथा राजनीतिक दलले चुनावमा खर्च गर्दा आयोगले तोकेको सीमाभित्र रही खर्च गरेरनगरेको र आचारसंहिता पालना भएरनभएको सम्बन्धमा तल्लो तहबाट नै निगरानी गर्नुपर्ने जनाएको छ ।

यस्तै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ । आयोगको निर्देशनअनुसार कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई कारबाही सुरु गर्ने पनि आयोगले निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Next Post

मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा

२०७९ आश्विन २७, बिहीबार
काठमाण्डौ – नेपालबाट यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ । अहिले मनसुनी वायुको प्रभाव कमजोर बनेर बाहिरिने चरणमा रहेको र मनसुन बाहिरिएको औपचारिक घोषणाका लागि अन्तिम तयारीमा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत समय अक्टोबर दुई तारिख हो । तर मनसुन औसत समयभन्दा झन्डै […]