एसईईको नतिजा सार्वजनिक

गज्जब नेपाल
२०७७ भाद्र १, सोमबार १८:४५

१ भदौ, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले  जानकारी दिए ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

 

Next Post

"गज्जव नेपाल" किन ?

२०७७ भाद्र १, सोमबार १८:४५
कोरोना भाइरसको कारण विश्व नै त्रसित बनिरहेको यस विषम परिस्थितिमा पनि गज्जव नेपाल अनलाइन पत्रिकाकाे शुभारम्भ गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । हामीसँग ठूला संकल्प छैनन्, न ठूला प्रतिबद्धता र योजना छन्, सकेसम्म हामी हरेक नागरिकका आवाजलाई स्थान दिने कोशिस गर्नेछौँ । पत्रकारिताको मूल्य मान्यतामा रहेर ईमान्दारपूर्वक काम गर्नेछौँ […]