अखिल (क्रान्तिकारी) दैलेखकाे ११औं जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । मंगलबारदेखी दैलेख सदरमुकाम स्थित पार्टी कार्यालयमा जारी सम्मेलनले समिर रोकायको नेतृत्वमा ४३ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेकाे छ । ११ सदस्यीय पदाधिकारी सहितकाे नयाँ नेतृत्व चयन गरिएकाे अखिल (क्रान्तिकारी) दैलेखका इन्चार्ज प्रकाश अधिकारी बताए ।
समितिकाे बरिष्ठ उपाध्यक्षमा बिसाल सलामी मगर, उपाध्यक्षमा अप्सरा माझी, प्रकृति परियार, उपेन्द्र बडुवाल रहेका छन् । यस्तै सचिवमा भुवन पाण्डे सह-सचिवमा झलक थापा, बिकास बि.क, कृष्ण ब शाही र प्रबिण बुढा निर्वाचित भएका छन् । काेषाध्यक्ष कमला रावत तथा कार्यालय सदस्य उमेश शाही सहित सदस्यीय जिल्ला कार्य समिति चयन भएकाे छ।
नेकपा माओवादी केन्द्र दैलेखका इन्चार्ज प्रेम कटुवालले सम्मेलनलाई सफल पार्न सहयाेग गर्ने सबै तहका बिधार्थी संगठन तथा पार्टी नेता कार्यकर्ताहरुलाई धन्यबाद ज्ञापन गरेका छन् ।