भक्तपुरमा एकैघरका ३ जना मृत फेला, काठ्माण्डाैंमा घरबेटीकाे कुटाइबाट एककाे मृत्यू,

गज्जब नेपाल
२०७७ भाद्र २६, शुक्रबार

काठमााडौं, २६ भदौ ।

भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् । यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

यस्तै सामान्य विवादमा घरबेटीको कुटाइबाट काठमाडौंमा एकको ज्यान गएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको पीटाइबाट उनको घरमा भाडामा बस्दै आएका ४० बर्षका शम्भू चौधरीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । महर्जनले चौधरीलाई काठको चिरानले हिर्काउदा घाइते भएको प्रहरी समक्ष बताएका छन् ।

घाइते भएपछि चौधरीलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि महर्जनलाई प्रहरीले पक्राउ गरि अनूसन्धान गरिहेको बताइएको छ ।

Next Post

भाेकाे पेटमा पालमुनीकाे बास कहिले सम्म सरकार?

२०७७ भाद्र २६, शुक्रबार
२७ भाद्र २०७७, दैलेख ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ अहिले पहिरोले नराम्ररी थला परेको छ । यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ । पहिराेले आँखै अगाडी बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला दानबहादुर कठायत आँसु खसाल्छन् । उनी मन थाम्न […]