झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा दुई जनाको ज्यान गयो

केशबराज पाैडेल
२०७९ कार्तिक ८, मंगलवार

धनुषा – तिहार अर्थात दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेका प्रहरीले जनाएको छ ।  दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन ।

Next Post

दैलेखमा जेसीबीको ठक्करबाट पैदल यात्रीकाे मृत्यू

२०७९ कार्तिक ८, मंगलवार
९ कात्तिक २०७९, दैलेख – दैलेखमा जेसीबीकाे ठक्करबाट एक जना पैदल यात्रीको मृत्यू भएको छ । जिल्लाकाे भैरबी गाउँपालिका–३ कुराँह गाउँ निवासी ३९ वर्षीय धनु खातुनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । सहिदगेटदेखि डाँडीमाडी खण्डको सडक मर्मत गरेर सिलङ्गी तर्फ […]