दैलेख जिससमा स्वतन्त्र उम्मेदवार विजयी, बधाइ थाप्न सुरूमै एमाले पार्टी कार्यालयमा ।

गज्जब नेपाल
२०७९ जेष्ठ २६, बिहीबार १८:३६

दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवारि दिएका नमराज शाहीले विजयी हात पारेका छन । विजय भए लगत्तै उनी नेकपा एमाले दैलेखकाे पार्टी कार्यालयमा बधाइ थाप्न गएका छन् । शाही १३ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नाै मत प्राप्त गरिन ।

जिल्लाका ११ वटा पालिकाका २२ जना मतदाताले निर्वाचनमा भाग लिएका थिए । सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी भएकाे अाकलन गरिउकाे छ ।

कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखमा एमालेका उम्मेदवार केशवबहादुर शाही ११ मत ल्याएर विजयी भए । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरिन। बाँकी सात सदस्यमा एकमा स्वतन्त्र उम्मेदवार र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट आठबीस नगरपालिका ७ को वडा सदस्यमा निर्वाचित पार्टीका जिल्ला उपसभापति नमराज शाहीले दिएको स्वतन्त्र उम्मेदवारी खारेजीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियाे । तर आयोगले यरबाेरमा पछि निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यक्रमअनुसार बिहीवार चुनाव भएको हो ।

Next Post

जिफन्ट कर्णाली प्रदेश अध्यक्षमा जिसी निर्वाचित

२०७९ जेष्ठ २६, बिहीबार १८:३६
जेठ २६, २०७९ दैलेख नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशको अध्यक्षमा तेज प्रकाश जिसी निर्वाचित भएका छन् । प्रदेशको प्रथम अधिवेशनबाट जिसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । संगठनकोे उपाध्यक्षमा राधा श्रेष्ठ, सचिव श्रीपाल सारु मगर, सहसचिव टीका अधिकारी र सदस्यहरुमा लालचना पाण्डे, तोमानन्द खत्री, निम […]