
चितवन – चितवनको रत्ननगरमा डेङ्गुको सङक्रमण बाट एकजनाको मृत्यु भएको छ। डेङ्गुको सङक्रमण बाट मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष छन्।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो। अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए।
दुई हजार ८७७ जनाको नमूना परीक्षणका क्रममा चितवनमा हालसम्म ४२९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ।


