श्रमिकहरु संगठित हुनुपर्छः श्रेष्ठ

गज्जब नेपाल संवाददाता
 
२०७९ जेष्ठ २७, शुक्रबार ००:३८ मा प्रकाशित

जेठ २६, २०७९, दैलेख

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरु संगठित हुनुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले आफ्नो हक अधिकार पाउनको लागि श्रमिकहरु संगठित हुनुपर्ने बताएका हुन् ।
श्रेष्ठले जवसम्म श्रमिकहरु संगठित हुँदैन तवसम्म आफ्नो हक अधिकार मागेर नपाईने बताए । मजदुर वर्गका अधिकार मागेर प्राप्त होइन, खोसेर लिन सक्नु पर्छ, संगठित हुनुहोस्, शिक्षित–प्रशिक्षित हुनुहोस् र संघर्ष गर्नुहोस्, अधिकार प्राप्तिका लागि सिकाउने महासंघ तयार रहेको श्रेष्ठले बताए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष तथा प्रदेश इन्चार्ज विदुर कार्कीले सरकारले तोकेको न्यूनतम ज्याला कार्यान्वयनका लागि सबै मजदुर वर्ग युनियनमा संगठित गरी एउटै आवाज बुलन्द गर्नु कर्णालीमा जरुरी रहेको बताए ।
जिफन्ट महासचिव जनक चौधरीले अधिवेशनबाट पारित चार वर्षे भावी योजना तथा कार्यक्रमहरु संगठन विस्तार तथा परिचालन, राजनैतिक वैचारिक कार्यदिशा, आर्थिक व्यवस्थापन, युवा÷महिला विकास र श्रमिकका सरोकारवाला विषयहरुका कार्यक्रमहरु पुरा गर्न नीतिगत तथा प्रशासनिक पक्षलाई जोड दिई अगाडि बढ्न निर्देशन दिएका छन् ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतका कार्यालय प्रमुख शम्शेर राना मगरले श्रमिक वर्गको हित, सुरक्षा, हकअधिकार कार्यान्वयन गर्नका लागि हामी निरन्तरतामा छौं, जिफन्टले यसमा पूर्ण सहयोग र सहकार्यका लागि गर्दै आइरहेको प्रति थप सुदृढ शसक्त तवरले बढ्न बताए ।
अधिवेशनमा जिफन्ट राष्ट्रिय कमिटी सचिव वेली माया घले, सचिव कृष्ण बहादुर केसी, केन्द्रीय सदस्यहरु सीता लामा, देवबहादुर बम, चन्द्रा कुमारी धामी, पूर्व अञ्चल अध्यक्ष पूर्ण बहादुर केसी, नेभा पूर्व जिल्ला अध्यक्ष शान्ता खड्का र विभिन्न क्षेत्रका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Next Post

राप्रपा पार्टी कार्यालयमा महामन्त्री शाही र महिला नेत्रीहरूबिच हात हालाहाल

२०७९ जेष्ठ २७, शुक्रबार ००:३८
२६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको छलफलमा हात हालाहाल भएको छ । आइतबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको महिला संगठनको अनौपचारिक वैठकमा अध्यक्ष अञ्जना रावल पक्ष र कुमारी तामाङ पक्षका महिलाहरुबीच हात हालाहाल भएको हो । राप्रपाको महिला संगठनले महिला हिंसा न्युनीकरणका लागि […]

याे पनि पढ्नुहाेस्