अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण

केशबराज पाैडेल
२०७९ मंसिर १७, शनिबार

१७ मंसिर २०७९,दैलेख 

दैलेख – ३१औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज चामुण्डा विन्द्रासैनी नगरपालिकाले न्यानो कपडा वितरण गरेको छ । समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सृजर्नशिलताको प्रावधान भन्ने मुल नाराका साथ मनाइएको अपाङ्ग दिवसका अवसरमा नगरपालिका वडा नं. १ देखि ९ नम्बर सम्मका क र ख वर्गका ६३ जना अपाङ्गलाई जम्बुकाँधमा ज्याकेट वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख गणेश कुमार शाही रहनुभएको थियो ।शाहीले न्यानो कपडा वितरण गर्दै अपाङ्गका लागि सहयोग गर्न सधै तयार रहेको पनि बताउनुभयो। राज्यले क र ख वर्गका लागि केही राहत स्वरुप सामाजिक सुरक्षा भत्ता उपलब्ध गराए पनि आफुभने नगर भित्रका सवै वर्गका अपाङ्गका लागि विशेष कार्यक्रमको तयारी गरिरहेको जानकारी दिनुभयो ।

नगर उपप्रमुख मनसरा रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपप्रमुखले अपांगता हित संरक्षण समितिको संयोजकको हैसियतले पनि सकेजति अपांगको विषयमा काम गर्ने बताउनु भयो ।

सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिकाका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा महिला तथा बालबालिका शाखाबाट अपांगलाई सिपविकास तालिममा सहभागी गराई आत्मसम्मान सरल जिवनस्तर मा टेवा पुगाउने प्रतिबद्धता समेत जारी गरेको महिला तथा बालबालिका शाखा प्रमुख तिर्था कुमारी घर्ती मगरले जानकारी दिनुभयो । सो कार्यक्रममा संचालकको भुमिका सहायक महिला विकास निरिक्षक माया कुमारी सिंहले निर्वाह गर्नुभएको थियो ।

 

Next Post

दुल्लुमा मानवअधिकारमैत्रि पालिका निर्माणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया

२०७९ मंसिर १७, शनिबार
१७ मंसिर २०७९,दैलेख दैलेख – दुल्लु नगरपालिकामा मानवअधिकार मैत्रि पालिका निर्माणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया भएको छ । पालिकालाई मानवअधिकार मैत्रि बनाउने उद्धेश्यका साथ सरोकारवालाहरुको अन्तरक्रिया आज दुल्लु नगरपालिकामा सम्पन्न भएको हो । मानवअधिकार क्षेत्र इन्सेक द्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा दुल्लु नगरपालिकाका जनप्रतिनिधिहरु, पालिका स्तरिय मानवअधिकार सञ्जालका प्रतिनिधिहरु लगाएत […]