दैलेखमा उल्लासपूर्वक मनाइयाे माघे संक्रान्ति (हेराैं भिडियाे)

नेपाल मगर संघ जिल्ला समन्वय समिति दैलेखकाे अधिवेशनलेन नयाँ नेतृत्व पनि चयन गर्ने छ

गज्जब नेपाल
२०७७ पुष २७, सोमबार

मगर समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउदै आएको माघे संक्रान्ति पर्व दैलेखमा भव्यताका साथ मनाइएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा पर्ने चुप्रा बजारमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति दैलेखको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाभरबाट मगर समुदायको बाक्लो उपस्थिती थियो । उनीहरुले विभिन्न गित र नृत्य प्रस्तुत गरेका थिए ।

संघको ८ औं अधिवेशन तथा माघे संक्रान्ति विषेश कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै नेपाल आदिवासी जनताजी महासंघ कर्णाली प्रदेशका संयोजक खगेन्द्र पुन मगरले मगर समुदायको भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । उनेले मगर समुदाय नेपालको आदिवासी जनजाती वर्गमा पर्ने एक महत्वपूर्ण जाती भएकोले राज्यका विभिन्न संयन्त्रहरुमा उल्लेख्य सहभागिता हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनताजी महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष सूर्यकुमारी श्रेष्ठले मगर समुदायको भाषा, कला, संस्कृतिलाइ बचाइराख्न आजको आवश्यकता भएको बताइन । उनले आफ्नो समुदायको हक, हित, र संरक्षण लागि आफुहरुले सबन्धित निकायमा पहल गरिरहेको बताइन । कार्यक्रममा नेपाल मगर संघ, दैलेखका सचिव सर्वजित थापा मगरले उद्घोषण तथा विभिन्न सांगितिक प्रस्तुती रोखेका गरेका थिए । अधिवेशनले मंगलबार नयाँ कार्यसमिति चयन गर्नेछ ।

नृत्य हेर्नुहाेस

Next Post

दैलेखमा १४ वर्षकी वालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२०७७ पुष २७, सोमबार
२७ पुस २०७७, दैलेख १४ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दैलेख प्रहरीले  एक जना पक्राउ गरेकाे छ । बलात्कार आरोपमा जिल्लाकाे गुराँस गाउँपालिका–४ सेरीका २० बर्षीया राजन विकलाइ पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपि अनुपम श्रेष्ठले गज्जव नेपाललाइ जानकारी दिए । सुर्खेत घर भइ दैलेख मामाघरमा वस्दै आएकी […]