दाङमा टिकटक बनाउँदा भिरबाट खसेर युवकको मृत्यु

केशबराज पाैडेल
२०७९ भाद्र १९, आईतवार १९:०५

१९ भाद्र २०७९,दाङ

टिकटक बनाउँदै गर्दा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ-सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर ३ सात तलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर-७ का बासिन्दा हुन् । घाइते अवस्थामा उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई केहीबेरमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Next Post

दैलेख क्षेत्र नम्बर २ (क) मा एमालेबाट दश जना सिफारिस

२०७९ भाद्र १९, आईतवार १९:०५
दैलेख । नेकपा एमाले दैलेखले क्षेत्र नं २ (ख) बाट दश जनाको नाम सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको हो । पार्टीमा आकांक्षी धेरै भएपछि सबैको नाम सिफारिस गरिएको छ  । आईतबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले कर्णाली […]