असोज २०, २०७७
रुपन्देही – प्रदेश नम्बर ५ काे नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएकाे छ ।
मङ्गलबार प्रदेश सभामा भएकाे मतदानमा प्रदेशकाे नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेकाे हाे । मतदानमा ८३ जनाकाे उपस्थिति रहेकाे थियाे ।
यसअघि प्रदेशकाे राजधानी भालुवाङ बनाउने प्रस्ताव पनि दुई तिहाइले पारित भएकाे हाे । प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ ।