दैलेख क्षेत्र नम्बर २ (क) मा एमालेबाट दश जना सिफारिस

केशबराज पाैडेल
२०७९ भाद्र १९, आईतवार २०:२२

दैलेख ।

नेकपा एमाले दैलेखले क्षेत्र नं २ (ख) बाट दश जनाको नाम सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको हो । पार्टीमा आकांक्षी धेरै भएपछि सबैको नाम सिफारिस गरिएको छ  ।

आईतबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले कर्णाली प्रदेशसभा सदस्य सुशील थापा सहित तिलक प्रसाद रिजाल, गंगाराम दाहाल, नवीन कुमार योगी, हिक्मत बिक, नर बहादुर थापा, कर्ण बहादुर शाही, चन्द्र पोखरेल, रमेश आचार्य र सावित्रा खड्कालाई सिफारिस गरेको नेकपा एमाले जिल्ला कमिटि दैलेखका सदस्य एवं उम्मेदवार नवीन कुमार योगीले गज्जब नेपाललाई जानकारी दिएका हुन ।

यस्तै दैलेख क्षेत्र–२ बाट प्रतिनिधिसभाको लागि शनिबार बसेको नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले नेकपा एमाले प्रचार – प्रसार उपप्रमुख तथा युवा नेता बिष्णु रिजाल, प्रतिनिधिसभा सांसद राज बहादुर बुढा, कर्णाली प्रदेशका सभामुख राज बहादुर शाही, पार्टी कर्णाली प्रदेश अध्यक्ष बिनोद शाह र जिल्ला इन्चार्ज लक्ष्मी पोखरेलको नाम सिफारिस गरेकाे थियो ।

Next Post

७५ जिल्लामा फैलियो डेङ्गी ,सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा

२०७९ भाद्र १९, आईतवार २०:२२
देशका ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। डेङ्गीको सङ्क्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि सङ्क्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताएका छन । सबैभन्दा […]

याे पनि पढ्नुहाेस्