दैलेखमा जेसीबीको ठक्करबाट पैदल यात्रीकाे मृत्यू

गज्जब नेपाल
२०७९ कार्तिक ९, बुधबार ०८:०२

९ कात्तिक २०७९, दैलेख –

दैलेखमा जेसीबीकाे ठक्करबाट एक जना पैदल यात्रीको मृत्यू भएको छ । जिल्लाकाे भैरबी गाउँपालिका–३ कुराँह गाउँ निवासी ३९ वर्षीय धनु खातुनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

सहिदगेटदेखि डाँडीमाडी खण्डको सडक मर्मत गरेर सिलङ्गी तर्फ जादै गरेको भे १ क १६४२ नम्वरको जेसीबीले अगाडीबाट आइरहेको ट्रयाक्टरलाई साइड दिन ब्याक आउन लाग्दा पैदल यात्री खातुनलाई ठक्कर दिएर उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उक्त जेसीबी गाउँपालिकाको हो ।

भैरबी गाउँपालिका–४ डाँडीमाडी बजार क्षेत्रमा राति करिब ८ बजेतिर भएको दुर्घटना लगतै प्रहरीले चालक प्रबीणकुमार शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Next Post

कारागारमा लागुऔषध ओसारपसार गर्न संलग्‍न हवलदारसहित २ जना पक्राउ

२०७९ कार्तिक ९, बुधबार ०८:०२
धनगढी – लागुऔषध ओसारपसार गरेको आरोपमा कैलाली स्थित कारागारमा २ जना पक्राउ परेका छन्। कारागारभित्र लागुऔषध ओसारपसार गरेको आरोपमा एक प्रहरी सहायक हवलदारसहित २ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले असोज ३१ मा धनगढी उपमहानगरपालिका–७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका(६ बस्ने ३३ वर्षीय […]