सर्पको टोकाईबाट युवतीको मृत्यु ,शव परीक्षणका लागि महाकाली अस्पतालमा

केशबराज पाैडेल
२०७९ भाद्र २१, मंगलवार ०९:५४

२१ भदौ, कञ्चनपुर । बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको विषालु सर्पको टोकाइबाट सोमबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा लगिएको छ ।
मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो ।

 

 

Next Post

दैलेखका दुईवटै क्षेत्रमा लाग्यो माओवादी केन्द्रबाट उम्मेरदवारको टुंगो

२०७९ भाद्र २१, मंगलवार ०९:५४
दैलेख ः  नेकपा माओवादी केन्द्र दैलेखले दुईवटै निर्वाचन क्षेत्रमा आगामी निर्वाचनको लागी उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन क्षेत्र नं.१ तर्फ प्रतिनिधि सभाका लागि कर्णबहादुर बस्नेत, ललिता रेग्मी र बिरबहादुर शाहीको नाम सिफारिसका लागि पठाएको छ । प्रदेश( क )तर्फ दिपक पराजुली, मान बहादुर खड़का, खगेन्द्र पुनको नाम सिफारिस गरेको […]