दैलेखका दुईवटै क्षेत्रमा लाग्यो माओवादी केन्द्रबाट उम्मेरदवारको टुंगो

केशबराज पाैडेल
२०७९ भाद्र २१, मंगलवार २०:२०

दैलेख ः  नेकपा माओवादी केन्द्र दैलेखले दुईवटै निर्वाचन क्षेत्रमा आगामी निर्वाचनको लागी उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन क्षेत्र नं.१ तर्फ प्रतिनिधि सभाका लागि कर्णबहादुर बस्नेत, ललिता रेग्मी र बिरबहादुर शाहीको नाम सिफारिसका लागि पठाएको छ । प्रदेश( क )तर्फ दिपक पराजुली, मान बहादुर खड़का, खगेन्द्र पुनको नाम सिफारिस गरेको छ भने (ख) तर्फबाट प्रेमबहादुर कटुवाल, गंगबहादुर घर्ती, ताराकेशर जैशी धमाला, नमराज शाही, तारोकेशर शर्मा, नन्दाराम रेग्मी, गैर भौगोलिक विशेष उपत्यका प्रदेश कमिटीबाट बखत बहादुर हमाल (सुवर्ण)गैर भौगोलिक कार्य क्षेत्रबाट इमानसिंह राना, र लक्ष्मण शाहीको नाम सिफारिस गरेको छ ।

यस्तै निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभाका लागि कृष्ण गुरुङ, उमेश कुमार रावत, ढकेन्द्र शाही र समानुपातिक तर्फबाट पुराना नेता थिर बहादुर कार्कीको नाम सिफारिस गरेको छ। निर्वाचन क्षेत्र नं.२ प्रदश (क) मा प्रदेश सभा सदस्य पदका लागि चक्रलाल सुनार, प्रमोद खड्का, हंसबहादुर खड्काको नाम सिफारिस गरेको छ । प्रदेश (ख) मा उपेन्द्र रावत, अर्जुन बुढा र गगन खड़काको नाम सिफारिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र दैलेखले जानकारी दिएको छ।

Next Post

कप्तान लामिछानेबिरुद्द बालिका बलात्कार आरोपमा जाहेरी

२०७९ भाद्र २१, मंगलवार २०:२०
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका […]