एभरेष्ट क्लब दैलेखले किशोकिशोरी र यूवा शशक्तिकरण परियोजना शुरु गरेको छ । सेभ द चिल्ड्रेन र बुलगारी परियोजनाको सहयोगमा एभरेष्ट क्लबले जिल्लाको नारायण नगरपालिका र दुल्लू नगरपालिकामा १३ देखि २४ वर्ष उमेरसमूहका महिला पुरुषहरुलाई शशक्तिकरण गर्ने मुल उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको छ ।
परियोजनाले जीविकोपार्जन, यौन तथा प्रजनन् स्वास्थ्य र सरसरफाईको क्षेत्रमा काम गर्ने जनाएको छ । त्यसका लागि नगपालिकाका ४ वटा माध्यमिक विद्यालयलाई छनौट गरेको छ । प्रविधिक शिक्षाा सहित कक्षा ९ देखि १२ सम्म सञ्चालन भएकाे विद्यालय हुनुपर्ने मापदण्ड अनुसार सरस्वती माध्यमिक विद्यालय तर्ताङ्ग, वसन्त माध्यमिक विद्यालय किमुगाउँ, रेडक्रस माध्यमिक विद्यालय भुर्ती र महेन्द्र माध्यमिक विद्यालय साेत छनाैटमा परेका हुन् । ति विद्यालय र सेवाक्षेत्रमा परियोजनाले विभिन्न आयआर्जन क्रियाकलाप, यौन तथा प्रजनन् स्वास्थ्य र सरसफाईका गतिविधी सञ्चालन गर्ने क्लबले जानकारी दिएको छ ।
नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले परियोजनाको स्वागत गरेका छन् । उनले क्लबको मिल अवधारणा प्रति विश्वास व्यक्त गरे । उनले यो परियोजनाले अपेक्षित लक्ष्य हासिल गर्न स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र समन्वय गर्न हर हमेसा तयार रहेको बताए ।
परियोजना आगामी ५ वर्षसम्म सञ्चालन हुनेछ । परियोजना अवधिमा छनौट भएका विद्यालयमा आयआर्जन सिप, यौन तथा प्रजनन् स्वास्थ्य र सरसरफाईबारे तालिम, छलफल र अनुगमन गरिने क्लबका अध्यक्ष दिपक कुमार शाहीले बताए ।