चामुण्डा क्याम्पसको सञ्चालक समिति गठन, अध्यक्षमा निरक बहादुर शाही

केशबराज पाैडेल
२०७९ भाद्र २६, आईतवार १८:४५

चामुण्डा क्याम्पस चामुण्डाको दोस्रो साधारण सभाबाट सञ्चालक समिति गठन भएको छ ।चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ देउरालि स्थीत चामुण्डा क्याम्पस को दोस्रो साधारण सभा को उद्घाटन चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका नगरप्रमुख गणेश शाहिले २०७९ साल भाद्र १० गते गरेका हुन । नगरप्रमुख शाहीबाट उद्घाटन भएको दोस्रो साधारण सभाको दोस्रो बैठक भाद्र २५ गतेका लागी बोलाइएको थियो । दोस्रो साधारण सभाबाट सर्वसहमत सञ्चालक समिति गठन भएको हो । समितिको अध्यक्षमा निरक बहादुर शाही,उपाधयक्षमा कमलापति सुवेदी,सदस्यहरु कृष्णा आचार्य ,पुर्ण खड्का,चाउथे कामी ,नगेन्द्र बहादुर शाही ,जय प्रसाद तिमिल्सेना,खडानन्द सुवेदी ,खगिसरा कंडेल र नन्दा विष्ट सर्वसहमत चयन भएको क्याम्पस प्रमुख प्रेम बहादुर विष्टले जानकारी दिए ।

साधारण सभाको समापन चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवं साधारण सभाका अध्यक्ष दिप बहादुर शाहीले गरेका थिए ।यस अघि सञ्चालक समितिका अध्यक्ष जग्य बहादुर शाही थिए । सञ्चालक समिति गठन गत शनिवार (हिजाे) भएको हो ।

Next Post

विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी

२०७९ भाद्र २६, आईतवार १८:४५
दाङ – दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एक्कासी एकै घरका पाँच जना बिरामी भएका छन् । हिजो ( आइतबार ) राति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । विषालु च्याउ खाँएर बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ […]