दाङ – दाङको तुलसीपुरमा विषालु च्याउ खाँदा एक्कासी एकै घरका पाँच जना बिरामी भएका छन् । हिजो ( आइतबार ) राति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
विषालु च्याउ खाँएर बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी, ३४ वर्षकी वसन्ता चौधरी, १६ वर्षकी कोपिला चौधरी, १२ वर्षकी प्रभा चौधरी र ५५ वर्षका माघे चौधरी रहेका छन ।

च्याउ खाएलगत्तै लगातार बान्ता हुन थालेपछि उनीहरुलाई अस्पताल लगिएको थियो ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको छ ।


