अन्तर्वार्ता लिँदालिँदै विषयविज्ञ नै बेहोस, परीक्षा स्थगित

केशबराज पाैडेल
२०७९ भाद्र २७, सोमबार १४:१५

 

धनगढी –  कैलालीमा एक पालिकामा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिने क्रममा विषयविज्ञ बेहोस भएर ढलेका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिकामा अमिन पदमा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिइरहेका विषयविज्ञ कर्मचारी बेहोस भएका हुन्।

बर्दगोरिया गाउँपालिकाका सूचना अधिकारी झुपीराज ओझाका अनुसार आज सोमबार नापी कार्यालय कैलाली, धनगढीका कर्मचारी रणसिंह रावल अन्तर्वार्ता लिँदालिदै बेहोस भएका हुन्। उनी सर्ट लिस्टमा परेका आवेदकहरुलाई अन्तर्वार्ता लिने क्रममा बान्ता भएर बेहोस भई ढलेको थिए।

‘कर्मचारी भर्ना गर्न अन्तर्वार्ता लिइरहनुभएको थियो। उहाँलाई एक्कासी चक्कर आयो, अनि बान्ता भएपछि बेहोस हुनुभयोु उनले भने। अन्तर्वार्ताकै क्रममा उनी बिरामी भएको पालिकाले जनाएको छ। अहिले उनको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको बताइएको छ। रावलको अवस्था अहिले सामान्य छ।

अमिन पदका लागि भइरहेको अन्तर्वार्तामा २२ जना प्रशिक्षार्थी सहभागी थिए। जसमध्ये ९ जनाको अन्तर्वार्ता सकेर १० औं जनाको अन्तर्वार्ता लिइरहेका बेला रावल ढलेका थिए।

रावल अस्वस्थ भएपछि अहिले अन्तर्वार्ता भने रोकिएको छ। गाउँपालिकाले ४ जना अमिन भर्ना गर्न लागेको थियो।(थाहा खबरबाट )

Next Post

प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ मा सकिने

२०७९ भाद्र २७, सोमबार १४:१५
काठमाडौँ  – प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ मा सकिने भएसँगै राष्ट्रिय सभाले उत्पत्ति गरेका १० वटा विधेयक भने अगाडि नबढ्ने भएका छन् । विधेयक उत्पत्ति भइसकेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत मन्त्रीसँग प्रतिनिधि सभामा पठाउने वा के गर्ने भन्ने बारेमा छलफल गरेका थिए सम्बन्धित मन्त्रीहरूले छोटो समय भएका कारण प्रक्रिया […]

याे पनि पढ्नुहाेस्