जेठ ४ मा स्थानीय निर्वाचन गर्न आयोगको प्रस्ताव

गज्जब नेपाल संवाददाता
 
२०७८ माघ १८, मंगलवार १७:४८ मा प्रकाशित

निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो ३ बजे हुने छलफलमा आयोगले सो प्रस्ताव पेस गर्नेछ ।

आजको छलफलमा आयोगले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ ।

आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्री देउवाले पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका थिए ।

देउवाले पार्टीका नेताहरूसँगको भेटमा जेठ ४ मै निर्वाचन हुने जानकारी दिएका थिए। नेपाली काँग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका थिए ।

Next Post

देशभर मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना

२०७८ माघ १८, मंगलवार १७:४८
२१ माघ २०७८,  काठमाडौँ । आज बिहानैदेखि देशभर सामान्य तथा पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन, चटयाङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन,चटयाङ र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले […]