भक्तपुरमा रेष्टुरेन्ट संचालकलाइ तर्साउन बम जस्तो वस्तु राखेपछि…

गज्जब नेपाल
२०७८ भाद्र ६, आईतवार ११:५३

६ भाद्र २०७८, आईतवार

भक्तपुरमा आफूलाई विल उठाएको भन्दै एक युवकले रेष्टुरेन्टमै बम जस्तो अकृतिको वस्तु राखेर हिडेको खुलेको छ । भक्तपुरस्थित ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा ती ग्राहकले आफूलाई विल तिराएको भन्दै बम जस्तै आकृतिको वस्तु राखेर हिडेको प्रहरी अनुशन्धानबाट खुलेको हो ।

भक्तपुर प्रहरीका अनुसार शनिबार राति बम जस्तो वस्तु रेष्टुरेन्टकै प्राङ्गणमा भेटिएपछि संचालकले खबर गरेका थिए । प्रहरीले पनि शंकास्पद वस्तु नै हो भन्ने ठानेर शनिबार राति झण्डै ११ बजेतिर नेपालीलाई खबर गरिएको थियो । त्यसपछि नेपाली सेनाले उक्त बम जस्तो देखिने वस्तु डिस्पोज गरेको थियो । डिस्पोज पछि हेर्दा प्रेसर कुकरलाई बमको स्वरुपमा पाईएपछि सबै चकित बनेका थिए ।

तर उक्त वस्तु कस्ले राखेको भन्ने खुलेन । त्यसपछि प्रहरीले अनुसन्धान गर्दा सोही रेष्टुरेन्टमा केहीदिन बसेर गएका युवकलाई शंका लाग्यो । उनले होटल संचालकसँग झगडा गरेको पनि खुल्यो । उनी थिए, काभ्रेका रवीन तामाङ । त्यसपछि उनलाई सोधपुछ गर्दा उनले प्रहरीसामु आफूले नै त्यो बम जस्तो बनाएर कुकर राखेको स्वीकारेको प्रहरीको भनाइ छ ।

उनले आफूले मादक पदार्थ पीएको बेला रेष्टुरेन्ट संचालकसँग झगडा गरेको र तर्साउन बम जस्तो देखिने वस्तु राखिदिएको प्रहरीसामु बताएको बताइएको छ । उनलाई पक्राउ गरि थप अनुसन्धान हुँदै आएको भक्तपुर प्रहरीले जनाएको छ ।

Next Post

दैलेखमा भीरबाट मोटरसाइकल खस्दा एकको मृत्यू

२०७८ भाद्र ६, आईतवार ११:५३
दैलेख: जिल्लाको नौमुले गाउँपालिकामा मोटरसाइकल भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ बर्षीय नारायणप्रसाद पोखरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख सदरमुकामबाट कार्यक्षेत्र […]