नारिताका लागी उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्कियो

केशबराज पाैडेल
२०७९ भाद्र २९, बुधबार

काठमाण्डौ –  जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्किएको छ ।

१ सय ८४ जना यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखियपछी जहाज काठमाण्डौ फर्किएको हो ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाण्डौ फर्केको र प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिएका छन ।

Next Post

आज राष्ट्रिय बाल दिवस,देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

२०७९ भाद्र २९, बुधबार
काठमाण्डौ – आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यो वर्षको नारा बालमैत्री समाजको आधार , जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई […]