आईपीएलमा मुम्बई शीर्ष स्थानमा, राजस्थान रोयल्स ५७ रनले पराजित

गज्जब नेपाल
२०७७ आश्विन २१, बुधबार ०७:१५

असोज २१, २०७७
काठमाण्डाै – इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा पुगेको छ ।

यूएईमा चलिरहेको आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १ सय ९४ रनको लक्ष पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे ।

हार्दिक पाण्डेले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ ।

Next Post

चिकित्सक सङ्घद्वारा आन्दोलनको घोषणा, शुक्रबार देशभरका अस्पतालमा सेवा बन्द

२०७७ आश्विन २१, बुधबार ०७:१५
असोज २१, २०७७ काठमाण्डाै – डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । वार्ता टोली गठन गर्न असोज १८ गते सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइएकोमा बेवास्ता गरेको भन्दै सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । २२ गते […]