दुल्लुमा मानवअधिकारमैत्रि पालिका निर्माणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया

केशबराज पाैडेल
२०७९ मंसिर १७, शनिबार २०:३७

१७ मंसिर २०७९,दैलेख

दैलेख – दुल्लु नगरपालिकामा मानवअधिकार मैत्रि पालिका निर्माणमा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया भएको छ । पालिकालाई मानवअधिकार मैत्रि बनाउने उद्धेश्यका साथ सरोकारवालाहरुको अन्तरक्रिया आज दुल्लु नगरपालिकामा सम्पन्न भएको हो ।

मानवअधिकार क्षेत्र इन्सेक द्धारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा दुल्लु नगरपालिकाका जनप्रतिनिधिहरु, पालिका स्तरिय मानवअधिकार सञ्जालका प्रतिनिधिहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको अवसरमा नगरपालिकामा मानवअधिकारको वर्तमान अवस्था लगाएत समाजमा उत्पन्न र घटनाहरुको बारेमा छलफल गरिएको थियो ।


कार्यक्रमको अवसरमा वर्तमान मानवअधिकारको अवस्थाबारे बोल्दै इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले नगरपालिका भित्रका जनप्रतिनिधिहरु र कर्मचारीहरु सचेत हुनुपर्ने र त्यसका लागी मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । साथै उहाँले दुल्लु नगरपालिकाले मानवअधिकारको क्षेत्रमा गर्नुपर्ने रणनितिका सन्दर्भमा तयार गरिएको निर्देशिका नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।

Next Post

दैलेखको दुल्लु ४ लाई गरियो बालश्रम मुक्त वडा घोषणा

२०७९ मंसिर १७, शनिबार २०:३७
१९ मंसिर २०७९ दैलेख : दुल्लु नगरपालिका वडा नम्बर ४ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । कुनैपनि वालवालिका वालश्रमिकको रुपमा नभएको तथ्यांकको आधारमा आज एक औपचारिक कार्यक्रमका बिच वालश्रम मुक्त वडा घोषणा गरिएको हो । नगरपालिकाको घरदैलो र सामाजिक संघसंस्था श्रर्वेक्षणको नतिजा पश्चात वडालाई वालश्रम मुक्त वडा घोषणा […]