निषेधाज्ञा फेरी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सुझाव

एक साता नलम्ब्याए महामारी नियन्त्रण गर्न असहज हुने मन्त्रालयकाे अनुमान

गज्जब नेपाल
२०७७ भाद्र २४, बुधबार

२४ भदौ, काठमाडौं ।

काठ्माडाैं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा फेरी एक साता लम्ब्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सुझाव दिएकाे छ ।मन्त्रालयले आज राति १२ बजेदेखि सकिने भनिएकाे निषेधाज्ञा एक साता नलम्ब्याए महामारी नियन्त्रण गर्न असहज हुने बताएकाे छ ।

तस्वीरः प्रदीपराज वन्त, रासस

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले कोरोना संक्रमण दर नघटेको भन्दै उपत्यकामा अहिले पनि जोखिम नघटेकोले जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए ।

दुई सय बढी काेराेना संक्रमित भएका ठाउँमा लकडाउन र पाँच सय बढी संक्रमित भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्ड अनुसार चल्नुपर्ने उनले बताए । उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ ।’

तर निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै कतिपय विज्ञहरुले विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउन समेत अनुरोध गरेका छन् ।

Next Post

पहिरोले घर जोखिममा परिवार विस्थापित

२०७७ भाद्र २४, बुधबार
२४ भदौ दैलेख ः पहिरोका कारणा दुई घर उच्चजोखिममा परेका छन । भगवतिमाई गाउँपालिका वडा नं १ पग्नाथ मा मंगलबार राति आयको अबिरल बर्षका कारणं घरमाथिबाट खसेको पहिरोले साबिक वडा नं २ बस्ने शेर बहादुर बि.क.र इन्द्रसरा बि .क दई घर जोखिममा परेका हुन । असुरक्षा महसुस भयपछि दुबै घरका […]