नयाँ गठबन्धनपछि माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोरप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विना विभागीय मन्त्रीकाे सपथ लिएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।