पाल्पा पहिराे : बेपत्ता ५ मध्ये ३ जनाकाे शव भेटियाे

गज्जव नेपाल संवाददाता
 
२०७७ आश्विन ९, शुक्रबार १६:४१ मा प्रकाशित

असोज ९, २०७७
पाल्पा – पाल्पाकाे रम्भा गाउँपालिका २ काे बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ ।


पहिरामा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आलेकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी भइरहेकाे प्रहरीको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्रबार बिहानदेखि मात्र बेपत्ताहरुको खोजी सुरु भएको हो ।

Next Post

जाँड रक्सीकाे विज्ञापन गरिएका हाेर्डिङ बाेर्ड हटाउँदै ललितपुर महानगर

२०७७ आश्विन ९, शुक्रबार १६:४१
असोज ९, २०७७ ललितपुर – ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ । शुक्रबारदेखि अभियान नै चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो । ‘ललितपुरलाई सफा र स्वच्छ बनाउन जाँड, रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन सुरु भइसकेको छ, […]

याे पनि पढ्नुहाेस्