दैलेखमा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग हुने

गज्जब नेपाल
२०७७ मंसिर १२, शुक्रबार

१२,  मंसिर २०७७, दैलेख

जिल्लामा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग हुने भएको छ । जिल्लामा रहेको २ लाख ९३ हजार १८६ जनसंख्याको आधारमा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग देखिएको हो । आर्थिक बर्ष ०७६।०७७ मा ५९ हजार ९३५ मेट्रिकटन खाद्यान्न आवश्यक मध्ये ५८ हजार ९३० मेट्रिकटन खाद्यान्न उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

 

जिल्लाभर ४३ हजार २६५ मेट्रिकटन मकै,२७ हजार ३८६ मेट्रिकटन धान,१४ हजार ९८९मेट्रिकटन गहुँ २ हजार ७०१ मेट्रिकटन कोदो,२१९ मेट्रिकटन जौं उत्पादन भएको कृषि कार्यालयका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डले जानकारी दिए । २०७६ सालको २ लाख ९३ हजार १८६ जनसंख्यालाई १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग देखिएको हो, कार्यालय प्रमुखले भने ।

जिल्लाको क्षेत्रफल १ लाख ५० हजार ५१ हेक्टर मध्ये २८.७३ प्रतिशत कृषियोग्य भुमि रहेको छ । खेती गरिएको भुमि ८० प्रतिशत रहेको छ भने २० प्रतिशत भुमिमा खेती गरिएको छैन । कुल सिंचित ९ हजार ५४८ हेक्टर क्षेत्रफलमा २७.६ प्रतिशत कृषि योग्य भुमि रहेको छ । जिल्लामा बर्षभरि २५११ हेक्टर क्षेत्रफल ७.२७ प्रतिशत,मौसमी सिचाई हुनेमा ७ हजार ३६ हेक्टर क्षेत्रफलमा २०.३९ प्रतिशत र असिंचित क्षेत्रफल ७१.३२ प्रतिशत रहेको छ ।
जिल्लामा लगाईने ८ हजार ३ सय १३ हेक्टर क्षेत्रफलमा २७ हजार ३ सय ८६ मेट्रिकटन धान उत्पादनमा प्रतिहेक्टर ३.२९४ उत्पादकत्व मेट्रिकटन रहेको छ । त्यसैगरि मकै २१ हजार ३ सय ३१ हेक्टर क्षेत्रफलमा ४३ हजार २६५ मेट्रिकटन उत्पादनमा ,प्रतिहेक्टर २.०२८ मेट्रिकटन उत्पादकत्व छ । १३ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेतीबाट १४ हजार ९९८मेट्रिकटन उत्पादन हुन्छ भने प्रतिहेक्टर १.०९८ मेट्रिकटन उत्पाकत्व रहेको छ । २ हजार ४ सय २५ क्षेत्रफलमा गरिएको कोदोखेतीको २ हजार ७०१ मेट्रिकटन कोदो उत्पादन हुने गर्दछ । बाट प्रतिहेक्टर १.११३ मेट्रिकटन उत्पादकत्व रहेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरि १ हजार ६ सय ७९ हेक्टरमा लगाएको आलुखेती २० हजार १८१ मेट्रिकटन उत्पादन हुने गरेको छ जुन प्रतिहेक्टर १२.७५५५ मेट्रिकटन उत्पाकत्व हुने गरेको छ । फापर २७ हेक्टर क्षेत्रफलमा खेती गरिएको मध्ये २० मेट्रिकटन,दलहन १ हजार६६५ हेक्टर क्षेत्रफलमा खेती गरिएको मध्ये १ हजार ३४६ मेट्रिकटन, तेलहन ८१३ क्षेत्रफलमा खेती गरिदा १ हजार २६८ मेट्रिकटन,हिउदे फलफुल २३४ क्षेत्रफलमा खेती गरिदा १ हजार ५४५ मेट्रिकटन,बर्षे फलफुल २३० क्षेत्रफलमा खेती गर्दा ९ हजार ३५९ मेट्रिकटन र तरकारी २ हजार ६२० हेक्टर जमिनमा खेती गर्दा २३ हजार ५४७ मेट्रिकटन उत्पादन हने गर्दछ । फापरको प्रतिहेक्टर ०.७४ उत्पादकत्व रहेको छ भने भने,दलहनको प्रतिहेक्टर ०.८०८,तेहलहनको १.५५९,हिउदे फलफुलको ६.६०२ उत्पादकत्व,बर्षे १०.०६२ र तरकारीको ८.९८७ प्रति हेक्टर उत्पादन हुने गर्दछ ।

Next Post

कर्णालीमा महिला हिंसा बढे, गाउँ गाउँमा प्रहरी पठाउने तैयारी

२०७७ मंसिर १२, शुक्रबार
कर्णालीमा सामाजिक अपराधका घटना उच्च रहेको कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले बताएका छन् । उनले कर्णालीमा महिला हिंसाका घटना पनि सबैभन्दा उच्च देखिएको बताए । कर्णाली राजमार्गमा पर्ने गुराँस गाउँपालिका –१ स्थित तल्लो डुङ्गेश्वर प्रहरी चौकीकाे नवनिर्मित भवन उद्घाटनकाे क्रममा डिआईजी पन्तले यस्तो बताएका हुन् । शिक्षाको […]