दैलेखमा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग हुने

गज्जब नेपाल
२०७७ मंसिर १२, शुक्रबार १७:४३

१२,  मंसिर २०७७, दैलेख

जिल्लामा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग हुने भएको छ । जिल्लामा रहेको २ लाख ९३ हजार १८६ जनसंख्याको आधारमा १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग देखिएको हो । आर्थिक बर्ष ०७६।०७७ मा ५९ हजार ९३५ मेट्रिकटन खाद्यान्न आवश्यक मध्ये ५८ हजार ९३० मेट्रिकटन खाद्यान्न उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।

 

जिल्लाभर ४३ हजार २६५ मेट्रिकटन मकै,२७ हजार ३८६ मेट्रिकटन धान,१४ हजार ९८९मेट्रिकटन गहुँ २ हजार ७०१ मेट्रिकटन कोदो,२१९ मेट्रिकटन जौं उत्पादन भएको कृषि कार्यालयका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डले जानकारी दिए । २०७६ सालको २ लाख ९३ हजार १८६ जनसंख्यालाई १ हजार ५ मेट्रिकटन खाद्यान्न अपुग देखिएको हो, कार्यालय प्रमुखले भने ।

जिल्लाको क्षेत्रफल १ लाख ५० हजार ५१ हेक्टर मध्ये २८.७३ प्रतिशत कृषियोग्य भुमि रहेको छ । खेती गरिएको भुमि ८० प्रतिशत रहेको छ भने २० प्रतिशत भुमिमा खेती गरिएको छैन । कुल सिंचित ९ हजार ५४८ हेक्टर क्षेत्रफलमा २७.६ प्रतिशत कृषि योग्य भुमि रहेको छ । जिल्लामा बर्षभरि २५११ हेक्टर क्षेत्रफल ७.२७ प्रतिशत,मौसमी सिचाई हुनेमा ७ हजार ३६ हेक्टर क्षेत्रफलमा २०.३९ प्रतिशत र असिंचित क्षेत्रफल ७१.३२ प्रतिशत रहेको छ ।
जिल्लामा लगाईने ८ हजार ३ सय १३ हेक्टर क्षेत्रफलमा २७ हजार ३ सय ८६ मेट्रिकटन धान उत्पादनमा प्रतिहेक्टर ३.२९४ उत्पादकत्व मेट्रिकटन रहेको छ । त्यसैगरि मकै २१ हजार ३ सय ३१ हेक्टर क्षेत्रफलमा ४३ हजार २६५ मेट्रिकटन उत्पादनमा ,प्रतिहेक्टर २.०२८ मेट्रिकटन उत्पादकत्व छ । १३ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेतीबाट १४ हजार ९९८मेट्रिकटन उत्पादन हुन्छ भने प्रतिहेक्टर १.०९८ मेट्रिकटन उत्पाकत्व रहेको छ । २ हजार ४ सय २५ क्षेत्रफलमा गरिएको कोदोखेतीको २ हजार ७०१ मेट्रिकटन कोदो उत्पादन हुने गर्दछ । बाट प्रतिहेक्टर १.११३ मेट्रिकटन उत्पादकत्व रहेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरि १ हजार ६ सय ७९ हेक्टरमा लगाएको आलुखेती २० हजार १८१ मेट्रिकटन उत्पादन हुने गरेको छ जुन प्रतिहेक्टर १२.७५५५ मेट्रिकटन उत्पाकत्व हुने गरेको छ । फापर २७ हेक्टर क्षेत्रफलमा खेती गरिएको मध्ये २० मेट्रिकटन,दलहन १ हजार६६५ हेक्टर क्षेत्रफलमा खेती गरिएको मध्ये १ हजार ३४६ मेट्रिकटन, तेलहन ८१३ क्षेत्रफलमा खेती गरिदा १ हजार २६८ मेट्रिकटन,हिउदे फलफुल २३४ क्षेत्रफलमा खेती गरिदा १ हजार ५४५ मेट्रिकटन,बर्षे फलफुल २३० क्षेत्रफलमा खेती गर्दा ९ हजार ३५९ मेट्रिकटन र तरकारी २ हजार ६२० हेक्टर जमिनमा खेती गर्दा २३ हजार ५४७ मेट्रिकटन उत्पादन हने गर्दछ । फापरको प्रतिहेक्टर ०.७४ उत्पादकत्व रहेको छ भने भने,दलहनको प्रतिहेक्टर ०.८०८,तेहलहनको १.५५९,हिउदे फलफुलको ६.६०२ उत्पादकत्व,बर्षे १०.०६२ र तरकारीको ८.९८७ प्रति हेक्टर उत्पादन हुने गर्दछ ।

Next Post

कर्णालीमा महिला हिंसा बढे, गाउँ गाउँमा प्रहरी पठाउने तैयारी

२०७७ मंसिर १२, शुक्रबार १७:४३
कर्णालीमा सामाजिक अपराधका घटना उच्च रहेको कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले बताएका छन् । उनले कर्णालीमा महिला हिंसाका घटना पनि सबैभन्दा उच्च देखिएको बताए । कर्णाली राजमार्गमा पर्ने गुराँस गाउँपालिका –१ स्थित तल्लो डुङ्गेश्वर प्रहरी चौकीकाे नवनिर्मित भवन उद्घाटनकाे क्रममा डिआईजी पन्तले यस्तो बताएका हुन् । शिक्षाको […]