दैलेख जिल्ला अस्पतालबाट अब आँखाको पनि उपचार हुने भएको छ । आजदेखि आँखा उपचार सेवा पनि सुचारु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मी बताए । आँखाको ओपिडी सेवा सुरु गरेर आँखा उपचार सेवा थप गरिएको उनको भनाई छ ।
अबदेखि आँखाका समस्या भएका दैलेख लगाएत आसपासका बिरामीहरूले दैलेख जिल्ला अस्पतालबाट उपचार सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले विश्वा व्यक्त गरे ।
सरकारले १५ शैयाको अस्पतालको रुपमा दैलेख जिल्ला अस्पताललाई सेवा सुविधा दिएको छ । तर यहाँ करिब ५० भन्दा बढी शैयाबाट सेवाग्राहीहरुले सेवा लिरहेका छन् ।
भिडियाेः https://fb.watch/s_pAH_0JT4/