सशस्त्र प्रहरीका डिआईजी अवि खत्री गालीगलौजमा उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो पदिय मर्यादाको समेत ख्याल नगरी तल्लो स्तरको कमेन्ट गरेका छ्न ।

फोटो पत्रकार महासङ कर्णाली प्रदेश कमिटिका अध्यक्ष समेत रहेका पत्रकार गोबिन्द केसिले आफ्नो फेसबुक वालमा “दैलेख जिल्ला प्रतिको माया र सम्मान नगर्ने ब्यक्ती कसरी जिल्ला बासी हुन सक्छ्नछ्न” भन्ने स्टाटस लेखेका थिए ।
उक्त स्टाटसमा डिआइजी खत्रीले “म डिआइजीलाइ यो खातेले लेखेको हो केही नाप्न नसक्ने ढोकेे” जस्ता अमर्यादित शब्दको प्रयोग गरि लेखेका छन ।
डिआइजी खत्रीको चारैतिर चर्को बिरोध भएपछि पत्रकार महासङ्गले प्रेस बिज्ञप्ति मार्फत ध्यानाकर्षण समेत गरेको छ ।
सामाजिक संजालमा पदको दम्भ देखाइ खाते, ढोके जस्ता उपमा दिई पत्रकार केसिलाइ गाली गरेकोले नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड्युनियनका केन्द्रीय सदस्य सुशील केसिले दैलेखको नाम रोसन गरेका मान्छे बिचको लफडाले चित्त दुखेको छ भनी ब्यङ्ग्य गरेका छ्न । उनको सामाजिक सञ्जाल फेसबुकमा पनि चर्को आलोचना भएको छ ।


