दैलेखको दुल्लु ४ लाई गरियो बालश्रम मुक्त वडा घोषणा

केशबराज पाैडेल
२०७९ मंसिर १९, सोमबार २१:३१

१९ मंसिर २०७९

दैलेख : दुल्लु नगरपालिका वडा नम्बर ४ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । कुनैपनि वालवालिका वालश्रमिकको रुपमा नभएको तथ्यांकको आधारमा आज एक औपचारिक कार्यक्रमका बिच वालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

नगरपालिकाको घरदैलो र सामाजिक संघसंस्था श्रर्वेक्षणको नतिजा पश्चात वडालाई वालश्रम मुक्त वडा घोषणा गरिएको हो । साथै आगामी दिनहरुमा कुनै बालवालिका श्रमिक तथा घरेलु कामदारको रुपमा भेटिएको खण्डमा त्यसको पुर्ण जिम्मा नगरपालिकाले लिने दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणि नेपालले बताउनुभयोे ।

कार्यक्रममा मन्तब्य राख्दै दुल्लु नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उमा उपाध्यायले नगरपालिका भित्र अहिले बालबालिकाको मानसिक तथा शारिरिक रुपमा असर पर्ने गरी श्रममा लगाइएको नपाइएको जानकारी दिनुभएको छ।

बालश्रममुक्त वडाको रुपमा घोषणा भइसकेपछि यदि कुनै ब्यत्तीले वालवालिकालाई श्रममा लगाएर श्रम शोषण गरेको खण्डमा कानुन बमोजिम कार्बाहि गरिननुका साथै यो अभियान कुन हद सम्म लागुभयो भनी पुर्ण निगरानी गरिने पनी प्रमुख उपाध्यायले बताउनुभयो ।
सहभागि सरोकारवालाहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर वालश्रम मुक्त वडा घोषणा गरीएको हो ।बालश्रम मुक्त वडा घोषण गर्ने यो नगरपालिकाकै पहिलो वडा हो ।

Next Post

दुल्लु अस्पतालले निकाल्यो प्रेस विज्ञप्ति ,दोषिलाई कार्वाही नभए सम्पुर्ण सेवा बन्द रहने

२०७९ मंसिर १९, सोमबार २१:३१
२५ मंसिर २०७९ ,दैलेख दैलेख: दुल्लु नगरपालिका स्थित दुल्लू अस्पतालको प्रशासनिक फाँटमा प्रवेश गरी एक नागरिकले स्वास्थकर्मीलाई अपशब्द प्रयोग गरेका छन ।अपशब्द बोल्ने तथा गालि गर्ने व्यक्तिलाई उचित कानुनी कार्वाही नभए अस्पतालका सम्पूर्ण सेवा बन्द गर्ने दुल्लु अस्पतालले जनाएको छ । आज अस्पतालले निकालेको प्रेस विज्ञप्ति अनुसार आईतवार कार्यालय समयमा […]