मासुकाे विषयमा विवाद हुँदा सल्यानमा बाबुले गरे छोराको हत्या

गज्जब नेपाल
२०७८ आश्विन २७, बुधबार ०८:४०

२७ आश्विन २०७८, सल्यान

सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार रुपलालको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनायो । अभियुक्त नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Next Post

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ घाइते

२०७८ आश्विन २७, बुधबार ०८:४०
३१ आश्विन २०७८, धनगढी । मोटरसाइकल दुर्घटना हुँदा कैलालीकाे टीकापुरमा २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका– २ स्थित विकास टोलमा से ६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकलका चालक १८ वर्षीय सुन्दर मगर र पछाडि सवार १८ वर्षीय केशव मगरको मृत्यु भएको हाे । उनीहरू दुवैजना टीकापुर नगरपालिका […]