जसपाबाट महन्थ ठाकुरसहित चार नेता निष्कासित, ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा

गज्जब नेपाल
२०७८ जेष्ठ १८, मंगलवार

काठमाडौं, जेठ १८

जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ। मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले जानकारी दिए।

हामीले काठमाडौंमा उपलब्ध सदस्यको बैठक बसेर आज उनीहरूलाई पार्टी सदस्यबाटसमेत निष्कासन गरेर यसबारे निर्वाचन आयोगलाईसमेत जानकारी गराइएका छौं’, ती सदस्यले भने। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो।

भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए। ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ।

यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ। बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन्। ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन्। जसपाको कार्यकारिणी समितीमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ।

Next Post

झुसिल्किराले सालघारी सखापः स्थानीयको आयआर्जन धरापमा (फाेटाेफिचर)

२०७८ जेष्ठ १८, मंगलवार
“लागे चैतको मैना उराठिला बन, डाँडाको बतास जस्तै उडि जाने मन ।” यो लोकभाकामा भनेजस्तो चैतमा मात्रै दैलेख सदरमुकाम नजिकको जंगल उराठ थिएन गतबर्ष । पालुवा पलाउन शुरु हुने बैशाख महिनादेखि नै जंगलका सालका रुखमा झुसिल्किरा लागेपछि सिख्रै हुँदै गए । र यो बर्ष वैशाख र जेठमा पनि ती सालका […]