सल्यानमा जिप दुर्घटना , ८ जनाकाे ज्यान गयाे

केशबराज पाैडेल
२०७९ आश्विन १२, बुधबार ०७:०५

सल्यान – सल्यान जिल्लाकाे कपुरकोटमा गएराति जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । साेहि दुर्घटनामा परि एक जना घाइते भएका छन् ।बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी छ ।घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ जानकारी प्राप्त भएको छ।

Next Post

किसानलाई दुःख दिने वन्यजन्तुलाई घरमै पाल्ने र सिकार गर्ने कानुन बनाइदिन धुर्कोट गाउँपालिकाको पत्र

२०७९ आश्विन १२, बुधबार ०७:०५
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले किसानलाई दुःख दिने वन्यजन्तुलाई घरमै पाल्ने र सिकार गर्ने कानुन बनाउने तयारी गरेको छ । कानुन निर्माणमा सहजीकरण गरिदिनका लागि गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ । वन्यजन्तु नियन्त्रणको अधिकार सङ्घीय सरकारसँग भएकाले कानुन निर्माणमा सहजीकरण गरिदिन पत्र लेखेको गाउँपालिका अध्यक्ष […]

याे पनि पढ्नुहाेस्