दुल्लु अस्पतालमा अप्रेशन थ्रियटर सन्चालन

केशबराज पाैडेल
२०७९ पुष १८, सोमबार २१:५०

 

केशवराज पौडेल ,१८ पौष दैलेख –  दैलेखको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालमा अप्रेशन थ्रियटरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। अप्रेसन थ्रियटरको संचालनको लागि सम्पूर्ण तयारी पूरा भएपछी आज सोमबार विधिवत् रुपमा अप्रेशन सेवा सुरु भएको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सीता राना, विशेष अतिथि प्रदेश सभा सदस्य घनश्याम भण्डारी, विशेष अतिथि जिल्ला समन्वय समिती दैलेख प्रमुख नमराज शाही, दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजाल लगायत स्थानीयहरूको सहभागीता रहेको थियो।

दुल्लु अस्पताल प्रमुख डा. राजन नारायण नकर्मी सहितको टिममा डा. शिशिर सौरभ, डा. मनोज विश्कर्मा डा. आशिष माक, एनेस्थेशिया कृष्ण जोशी, स्कर्बमा नर्सिङ मनिता अधिकारी, ज्ञानमणि थापा ,समीर कुमार खत्री लगायतको टिमले अस्पतालबाट अप्रेसन सेवा प्रदान गर्नेछ । अप्रेसन सेवा दुल्लु अस्पतालमा नै पाउने भएपछि स्थानियहरु हर्षित भएका छन् । दुल्लु अस्पताल बाट प्रवाह हुने सेवा सुविधा दैलेख को दुल्लु नगरपालिका,चामुण्डा विन्द्रासैनी नगरपालिका,आठाबिस् नगरपालिका,ठाँटिकाध गाउँपालिका,भैरवि गाउँपालिका र नजिकका अन्य पालिका तथा जिल्लाका नागरिकले लिने गरेका छन्।

Next Post

टिप्पर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु, दुइ घाइते

२०७९ पुष १८, सोमबार २१:५०
१९ पौष २०७९, दैलेख दैलेखको दुल्लु नगरपालिकामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भे १ ग ७७ नम्वरकाे टिप्पर मध्यपहाडी राजमार्ग अन्तरगत दुल्लु नगरपालिका ९ मा पर्ने गोबे धारा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुल्लु नगरपालिका ३ सियालाका अन्दाजी २८ बर्षका धनबहादुर बुढाको […]