एकैदिन २ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण थप सात को मृत्यु

गज्जब नेपाल
२०७७ आश्विन २, शुक्रबार १७:१५

२०७७ असोज २

काठमाण्डौ, गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।

गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा आठ सय ७१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ४३ हजार आठ सय २० पुगेको छ ।

अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Next Post

प्रिमियर लिगमा लिड्स युनाइटेडको पहिलो जित

२०७७ आश्विन २, शुक्रबार १७:१५
असोज ४, २०७७ काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हाे । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । एलेक्जेन्डर मिट्रोभीले पेनाल्टीमा गोल गर्दै ३४ औं मिनेटमा […]