२३ असाेज, दैलेख
दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकाका एक सय ४० भन्दा बढि किसानहरु उन्नत जातको आलुको बीउ पाएपछि व्यवसायिक कृषितर्फ आर्कषित भएका छन ।

परम्परागत खेतीबाट गुजारा गर्र्दै आएका स्थानीयहरु व्यवसायिक तरकारी खेतीमा जुटेका छन् । तरकारी खेतीका लागि उनीहरुले आलुको बीउ सहयोग पाउपछि खुसी भएका छन ।
विभिन्न समूहका किसानहरुलाई १५ देखि २५ केजीका दरले पाँच हजार केजी आलुको बीउ वितरण गरिएको छ । घरमा खानका लागि मात्रै आलु उत्पादन गर्दै आएका उनिहरुले व्यवसायिक रुपमा आलु खेती गर्ने योजना वनाएका छन ।

डिसीए नेपालको आर्थिक सहयोगमा सोसेक दैलेखद्धारा सञ्चालित साकार परियोजनाले आलुको बीउ वितरण गरेको हो । परियोजनाका संयोजक दिनेशकुमार न्यौपानेले किसानलाई व्यावसायिक खेती गरि आलु उत्पादनमाम आत्मनिर्भर बनाउने उद्देश्य रहेको वताए ।
‘किसानलाई व्यावसायिक खेतीतर्फ डो¥याउँदै आलु खेतीमार्फत आत्मनिर्भर बनाउने र आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले आलुको बीउ वितरण गरिएको हो,’ न्यौपानेले भने । किसानहरुलाई तरकारी खेती सम्बन्धि तालिम समेत प्रदान गरिएको छ । किसानहरुलाई तरकारी खेती सम्बन्धि तालिम समेत प्रदान गरिएको छ ।
हेर्नुहाेस् भिडियाेः


