दैलेखमा एकै घरका दाजु-वहिनीकाे मृगौला फेल, काेरियावाट २ लाख ९० हजार सहयाेग (भिडियाे)

गज्जब नेपाल
२०७७ भाद्र २१, आईतवार २२:५८

२१ भाद्र २०७७, दैलेख

दैलेखमा एकै घरका दुइ जना मृगाैला पिडित दाजु वहिनीलाइ काेरियावाट नेपाली यूवाहरूले सहयाेग पठाएका छन् । दैलेखको नौमुले गाउँपालिका वार्ड नं १ तोली निवासी दत्त प्रसाद शर्मा र उनकी  आफ्नै बहिनीको ५ बर्ष अघि  मृगाैला प्रत्याराेपण भएकाे थियाे । एकैपटक दुवै दाजु वहिनीलाइ मृगाैला प्रत्याराेपण गराउनु पर्दा परिवारले खर्च धान्न नसक्ने स्थितीमा पुगेका दत्त प्रसाद शर्मालाइ उपचारमा सहयाेग पुग्ने उद्देश्यले काेरियावाट १२८ जना नेपालीले रकम जम्मा गरेर नगद रू. २ लाख ९० हजार पठाएका छन् ।

उक्त पैेसाले करिव १ वर्षसम्म औषधी किन्न पुग्ने  पिडित शर्माले बताए ।  उनले भनेः  पैसाले हामी दुइ दाजुवहिनीलाइ करिव १ वर्ष सम्म अाैषधि किन्न पुग्छ । मेराे खुसीकाे सिमा नै छैन । उनले काेरियावाट सहयाेग पठाउने नेपाली यूवाहरूलाइ धन्यवाद दिए ।

एउटै परिवारका दुइजनालाइ एकैपटक यस्ताे समस्या अाएपछि उनी निराश थिए । विभिन्न ठाउँवाट सहयाेग जुटेपछि जसाेतसाे मृगाैला प्रत्याराेपण त सफल भयाे तर औषधी किन्न पनि मासिक रूपमा ३५ हजार रूपैयाकाे जाेहाे गर्न कठिन भइरहेकाे वेला काेरियावाट नेपाली यूवाहरूले अाफ्नाे गास कटाएर यत्ती धेरै रकम पठाएकाेमा अहिले उनी निकै हर्षित छन ।

भिडियाे हेर्नुहाेस् 

Next Post

सुत्केरी मृत्यू प्रकरणः अध्यक्ष शाही भन्छनः कांग्रेसका कार्यकर्ताले वद्नाम गर्न खाेजे (भिडियाे)

२०७७ भाद्र २१, आईतवार २२:५८
२०७७ भाद्र २२, दैलेख २०७७ भाद्र १२ शुक्रवार दैलेख ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाहीलाई सुत्केरी व्यथा लाग्यो । छरछिमेकी र आफन्तले सुरक्षित सुत्केरी गराउन शुक्रवार ११ बजे लकान्द्र प्राथमिक स्वास्थ्य पु¥याए । दिउँसो ३ बजे स्वास्थ्यकर्मीको पार्वती शाहीले पहिलो सन्तान छोरी जन्माईन । सामान्य प्रसुती गराईएकी पार्वतीको […]