अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता

केशबराज पाैडेल
२०७९ भाद्र २३, बिहीबार २२:००

दैलेख – :  ५६ ‌औँ अन्तराष्ट्रिय साक्षरता दिवस २०७९ को अवसरमा महाबु गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मा.वि.स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । महाबु गाउँपालिका दैलेखका उपाध्यक्ष को प्रमुख अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । हाल गाउँपालिका भित्र ८ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन । पालिकाका ८ वटै माध्यमिक विद्यालयका प्रतियोगी टिम प्रतियोगितामा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल श्री जयन्ती मा.वि. खरिगैराले नगद रु. १० हजार र प्रमाण पत्र ,द्वितिय स्थान हासिल गर्न सफल श्री जगदिश मा.वि. वडाखोलाले नगद रु. ७ हजार र प्रमाण पत्र यस्तै तृतीय स्थान हासिल गर्न सफल भगवती मा.वि. काँशिकाधले नगद रु.५ हजार र प्रमाण पत्र र सान्त्वना स्थान हासिल गर्न सफल गैडावाज माविले नगद रु. ३ हजार र प्रमाण पत्र पुरस्कार प्राप्त गरेका हुन । सो प्रतियोगिता महाबु गाउँपालिका अन्तर्गतको गैडाबाज माध्यमिक विद्यालय महाबु ४ दैलेखमा भएको थियो । यस्ता कार्यक्रमले गर्दा विध्यार्थीको बौद्धिक क्षमता बृद्धि हुने र मा.वि. मा मात्रै नभई आगामी दिनमा पालिका भित्रका सम्पुर्ण विद्यालयमा कार्यक्रम सञ्चालन गरिने शिक्षा शाखा प्रमुख कृष्ण बहादुर वलीले बताएका छन ।

Next Post

आज वीपी कोइरालाको जन्मदिन,नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दै

२०७९ भाद्र २३, बिहीबार २२:००
काठमाण्डौ – प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम्  नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला वीपीको जन्मजयन्ती  विभिन्न कार्यक्रम गरी आज  मनाइँदैछ । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन् । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा […]

याे पनि पढ्नुहाेस्