२४ घण्टामा ९०२ जनामा कोरोना देखियो, २ हजार बढी डिस्चार्ज

गज्जब नेपाल
२०७७ भाद्र २३, मंगलवार

 

२३ भाद्र, २०७७, काठ्माण्डाैं  नेपालमा पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना देखिए संगैअहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन

कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको छ । गएको २४ घण्टामा नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ सय दुई जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ३२ हजार नौ सय ६४ जना पुगेको छ ।

अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार तीन सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन ।

Next Post

क्रिस्टियानोद्दारा राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा

२०७७ भाद्र २३, मंगलवार
२४ भाद्र, २०७७, काठ्माण्डौं, पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पूरा गरेका छन् । नेसन्स लिग अन्तरगत गएराति भएको खेलमा स्विडेनबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले एक सय गोलको कीर्तिमान पूरा गरेका हुन् । स्विडेनसँगको खेलमा पहिलो हाफमा फ्री किकमार्फत गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमा […]