दुर्गम पहाडी ८ जिल्लामा मतपत्र सहितका निर्वाचन सामग्री पुग्यो

केशबराज पाैडेल
२०७९ कार्तिक १३, आईतवार

काठमाडौं – आउँदो मंसिर ४ गते हुने चुनावका लागी मतपत्र लगाएत निर्वाचनका लागी आवश्यक सामाग्री ढुवानीको काम चलिरहेको छ ।निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी आठ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्‍याएको छ ।

गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री पुगेको आयोगले जनाएको हो। आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी गरिरहेको छ।

आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा र स्वस्तिक छाप लगायत सामग्री पठाइरहेको हो।अन्य बााकी जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको बताइएको छ।

 

Next Post

शिक्षक सेवा आयोगले तिन तहको विज्ञापन खोल्दै

२०७९ कार्तिक १३, आईतवार
काठमाडौं,- शिक्षक सेवा आयोगले यस पटक पनि सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र […]