
जेठ २६, २०७९ दैलेख
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशको अध्यक्षमा तेज प्रकाश जिसी निर्वाचित भएका छन् । प्रदेशको प्रथम अधिवेशनबाट जिसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।
संगठनकोे उपाध्यक्षमा राधा श्रेष्ठ, सचिव श्रीपाल सारु मगर, सहसचिव टीका अधिकारी र सदस्यहरुमा लालचना पाण्डे, तोमानन्द खत्री, निम बहादुर बुढा, धर्मरत्न थापा, यशौदा गौली, पवित्रा बुढा, मिज्जन अन्सारी, सुनिला थापा मगर, खड्क बहादुर पुन, मनिराम भण्डारी, दीपा न्यौपाने, अनिष गौतम र कमला बस्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
नव निर्वाचित अध्यक्ष जिसीले अबको ट्रेड आन्दोलन श्रमीक पक्षीय अधिकार लागि हुने बताउँदै संगठन, श्रम शिक्षा र संघर्षलाई जोड दिई असल श्रम सम्बन्ध, मर्यादित ज्याला, सम्मानित कामलाई संस्थागत गर्दै सामाजिक सुरक्षासहीतको जीवनशैली रुपान्तरण अभियानमा अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे ।


